अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

निर्वाचनमा दल र स्वतन्त्रले बालबालिका प्रयोग गरेको पृष्टि

  • अर्थ सन्जाल
  • १२ मंसिर २०७९, सोमबार २०:४२


मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ ।

भर्खरै सम्पन्न भएको निर्वाचनमा २५ विद्यालय, एउटा विद्यालय बस र चार शिक्षक प्रयोग भएको बालसंरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले जनाएको छ ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी वेङ्क्वेट रानीहलमा आज आयोजित पत्रकार सम्मेलनमा कूल दुई सय १६ घटनामध्ये प्रचारप्रसार तथा ¥यालीमा एक सय ४४, घरदैलोमा १२, आमसभामा १८, प्रचारप्रसार सामाग्रीमा १३ र कलाकारका रूपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको सिजपले जानकारी दिएको हो ।

निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराए पनि निर्वाचनको समयमा कुनै न कुनै रूपमा बालबालिकाको प्रयोग भएको पाइन्छ ।

सिजपका अनुसार आइतबार सम्पन्न भएको निर्वाचनमा सबैभन्दा बढी लोकतान्त्रिक बाम गठबन्धन दलहरूबाट बालबालिका प्रयोग भएका छन् । तीमध्ये बाम गठबन्धन दलहरूबाट १८, नेकपा (एमाले)बाट ७१, अन्य सात दलबाट ३४ र स्वतन्त्र उम्मेदवारबाट १३ घटनामा बालबालिकाको प्रयोग भएको सिजपले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दलगत रूपमा हेर्दा नेपाली कांग्रेसले २२, नेकपा (माओवादी केन्द्र) ले १३, नेकपा (एकीकृत समाजवादी)ले आठ, लोकतान्त्रिक समाजवादी पार्टीले तीन, लोकतान्त्रिक वाम–गठबन्धन दलहरूले ५२, नेकपा एमालेले ७१ घटनामा बालबालिकालाई प्रयोग गरेको देखिन्छ ।

एमाले, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गठबन्धनबाट नौ घटनामा बालबालिका प्रयोग भएका सिजपले उल्लेख गरेको छ । राप्रपाले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, स्वतन्त्र उम्मेदवारहरूले १३, जसपाले तीन र विवेकशील साझा पार्टी, नेपाल सुशासन पार्टी र जनमत पार्टीले एक÷एक घटनामा बालबालिका प्रयोग गरिएको पाइएको छ ।

लोकतान्त्रिक वाम–गठबन्धनले १५ र नेकपा एमालेले १० घटनामा विद्यालयको प्रयोग गरेको पाइएको छ । निर्वाचनसँग सम्बन्धित गतिविधिमा विद्यालय तथा बालबालिकाको प्रयोगमा कमी भए पनि अझै यो अवस्थामा सुधार ल्याउन बाँकी रहेको सिजपका अध्यक्ष राजेश शर्माले बताए ।

बालबालिका र विद्यालय शान्ति क्षेत्र अवधारणाको व्यावहारिक कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको भन्दै उनले मतदानस्थलका लागि विद्यालयको विकल्प खोज्न जरुरी रहेको धारणा राखे ।

Artha Sanjal
मिती : १२ मंसिर २०७९, सोमबार २०:४२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशत सम्म छुट

महालक्ष्मी विकास बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

लगातार घट्यो सेयर बजार : मंगलबार १५.७४ अंकको गिरावट

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार

ताजा समाचार

  1. माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशत सम्म छुट
  2. महालक्ष्मी विकास बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न
  3. लगातार घट्यो सेयर बजार : मंगलबार १५.७४ अंकको गिरावट
  4. भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार
  5. अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
  6. शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने
  7. गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विजनेश फोकस

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तको नाफासँगै अघिकांश सूचकमा...

प्रभु बैंकका सीईओको नियुक्ति गैरकानुनी, उच्च अद...

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.