

लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ भएको छ। हिजो आइतबार मूल्य स्थिर रहँदै चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल