

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आव २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।
साथै सोही बैठकले कम्पनीको ३६औं वार्षिक साधारण सभा यहि पुष ७ गते बस्ने निर्णय गरेको हो । साथै बैंकले मंसिर २१ गते बुकक्लोजको मिति समेत तय गरेको छ । यसर्थ मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
Artha Sanjal
अर्थ सन्जाल