

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौँथो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शनिबार सम्पन्न सभाले कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ४ दशमलव २१ प्रतिशतले ले हुने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सेयरधनीले प्रतिकित्ता ४ रुपैयाँले दरले लाभांश प्राप्त गर्नेछन् । सेयरधनीसँग बैंकको १० कित्ता सेयर छ भने ४० रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०७८/ ७९ को वित्तीय विवरणहरुसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने तथा आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।
स्वदेशी तथा विदेशी वित्तबजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित उक्त कम्पनी हाल सञ्चालनको चौथो वर्षमा रहेको छ ।
अर्थ सन्जाल