

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ। बैंकले शुक्रवार बुटवल उपहानगरपामलिका – ९ चौराहाबाट औपचारिक रुपमा सेवा सुरु गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा शाखाको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष गंगा प्रसाद ज्ञवालीले बताए ।
नेपालभर २२६ शाखा कार्यालय र १९९ एटिएस शाखा रहेको छ । बैंकले ५० वटा एक्सटेन्सन काउन्टर मार्फत देशभरका २३ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल