अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेपाल बैंकले अझै बुझाएन वित्तीय विवरण, राष्ट्र बैंकले गर्ला त कारबाही ?

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


पहिलो त्रैमास सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई वार्षिक साधारणसभा र लाभांश घोषणा गर्न भ्याइनभ्याइ हुन्छ। यो सिजन नै लाभांश वितरण गर्ने सिजन हो र सेयरधनीहरुले कम्पनीले प्रदान गर्ने लाभांशको व्यग्र प्रतिक्षामा हुन्छन्।

तर यसपटक भने बैंक तथा वित्तीय संस्थाहरु लाभांश घोषणामा ढिलाई गरिरहेका छन् । मंसिर महिनाको पहिलो साता व्यतित भइसक्दा पनि अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले न साधारणसभा आह्वान गरेका छन् । न त लाभांश नै घोषणा गरेका छन् । जसका कारण लाभांशको प्रतिक्षामा रहेका सेयरधनीहरुमा निरासा पैसा भएको छ ।

मंसिर पहिलो साता व्यतित भइसक्दा पनि नेपाल बैंक लिमिटेडले भने एजिएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण नै पेश गरेको छैन ।

नेपाल बैंक भने हालसम्म पनि एजिएम क्लियरेन्सका लागि रास्ट्र बैंक नपुगेको हो । राष्ट्र बैंक स्वीकृतिबिना बैंकले न लाभांश घोषणा गर्न सक्छ न त एजिएम गर्न सक्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले साधारणसभा गर्न र लाभांश घोषणा गर्न सर्वप्रथम राष्ट्र बैंकको अनुमति लिनुपर्ने हुन्छ । तर यस बैंक भने हालसम्म पनि एजिएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरण नै पेश गरेको छैन् ।

कम्पनी ऐन तथा राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ५९ अनुसार बैंकहरुले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने हुन्छ भने ९ महिनाभित्र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने हुन्छ ।

पुसभित्र एजिएम सम्पन्न नगरे के हुन्छ ?

६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न नगरे राष्ट्र बैंकले दिने विभिन्न सुविधाबाट बञ्चित हुनेसम्मको कारबाही हुन्छ ।

६ महिनाभित्र साधारणसभा गर्न नसके थप तीन महिनाका लागि कम्पनी रजिस्ट्रारबाट अनुमति लिनुपर्ने हुन्छ। यदि साे अवधिमा पनि साधारणसभा नगरे सेयरधनी अदालतसमक्ष पुग्न सक्छन्।

यदि ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्न नसके नेपाल स्टक एक्सचेन्जले पनि ‘क’ वर्गका कम्पनीको सूचीबाट हटाउन सक्नेछ। त्यसैले पनि बैकहरुले पुस अन्तिम सातामा वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्छ ।

के भन्छ राष्ट्र बैंक ?

तोकिएको समयभित्र एजिएम सम्पन्न नगर्ने संस्थालाई ऐन बमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ ।

कस्तो छ वित्तीय अवस्था ?

हाल नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म नेपाल बैंकले ६० करोड ४० लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वारशाको सोही अवधिको तुलनामा १९.९७ प्रतिशत कम नाफा आर्जन गरेको हो ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा ६५ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

त्यसैगरी नेपाल बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १० प्रतिशतले बढी हो ।

१४ अर्ब ४० करोड चुक्ता पुँजी रहेको बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ५४ करोड रहेको थियो । यसबाट बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

१४ बैंकले गरे लाभांश घोषणा ?

मंसिर ९ गते वितिसक्दा पनि हालसम्म १४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै गत वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् ।

११ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र एउटा लघुवित्तबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरु हालसम्म न लाभांश घोषणा गर्न सकेका छन्, न वार्षिक साधारणसभा नै बोलाएका छन् । गएका वर्षमा अधिकांश बैकहरुले दशैँअगाडि र दशैँलगत्तै वार्षिक साधारणसभा बोलाउने गरेका थिए ।

Artha Sanjal
मिती : ९ मंसिर २०७९, शुक्रबार १७:१० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ताजा समाचार

  1. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  2. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  3. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  4. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  5. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  6. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
  7. अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.