

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताएका छन् । गोरखा–२ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिने क्रममा उनले यसबारे गठबन्धनको बैठक बसेर छलफल गरिने बताए ।
हामीले सोचेजस्तो परिणाम भएन भन्ने छ । नसोचेका केही कुरा भए । त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानुपर्ने भएको छ । गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ । अपेक्षा गरेको जस्तो भएन । गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ’, उनले भने ।प्रचण्डले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने प्रयासलाई सफल हुन नदिने पनि बताए । उनले ७५ वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता जाहेर गरे ।
Artha Sanjal
अर्थ सन्जाल