

कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा खुला गरेको छ ।
बैंकले संस्थापक सेयरधनी मुकुन्द शरण उपाध्यायको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयको ज्ञानेश्वर, काठमाडौंमा व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल