

मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले अग्रता बढाएका छन् ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार सिंहले २५ हजार ६५ मत ल्याउँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले २४ हजार ३३० मत ल्याएकी छन् ।
यस्तै एमालेको चुनाव चिन्ह लिएका कमल थापाले २३ हजार ७ सय १४ मत ल्याएर पछ्याइरहेका छन् । हालसम्म ८४ हजार ५ सय ६८ मत गणना भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल