

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो (मंसिर ७गते) बसेको बैठकले सो आर्थिक वर्षका लागि आफ्नो सेयरधनीलाई १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
सोही बैठकले आफ्नो १३औँ वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत एजेण्डाहरु पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ सन्जाल