

नेपाली बजारमा (बिहीबार) सुनको मूल्य फेरि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।
पछिल्लो ३ दिनदेखि सुनको मूल्य ओरालो लागेको थियो। सुनको भाउ बुधबार ४०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल