

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए ।
पौडेलले रानालाई झन्डै ६ हजार मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल