

कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पाखा लगाउँदै बलायर निर्वाचित भएका हुन् । बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाए ।
२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधारमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । अघिल्लो निर्वाचनमा तात्कालीन नेकपा एमालेका प्रेमबहादुरआलेसँग मन्त्री भएकै बेला पारजित भएका थिए ।
एमाले विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध भएपछि उनै आलेका कारण बलायर जिल्ला छोडेर कैलालीमा चुनाव लड्न बाध्य भएका थिए । उनले कैलाली झरेर अघिल्लोपटक यही क्षेत्रबाट निर्वाचित एमालेका लेखराज भट्टलाई पराजित गरेका हुन् ।
भट्ट ०७४ सालमा यही क्षेत्रमा नेकपा माअोवादी केन्द्रका तर्फबाट चुनाव लडेर निर्वाचित भएका थिए ।नेकपा फु टेर भएर एमाले र माओवादी विभाजित हुँदा उनी एमालेतर्फ लागेका हुन् ।
अर्थ सन्जाल