

आर्थिक वर्ष २०७७–७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ।
विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मानपत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका हुन्।
बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो। पछिल्लो १० वर्षमा नबिल बंैक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातौँपटक हो।
नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७–७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ। यो भनेको बैंकको तत्कालीन कुल पुँजीको १.३२ गुणा रकम हो।
Artha Sanjal
अर्थ सन्जाल