

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ। स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि नेपाल रोक्का राखेको दुवै लघुवित्तका आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो।
अब भोलि बिहीबारबाट यी दुवै लघुवित्तको सेयर कारोबारमा आउनेछन्।
साना किसान र आरएमडीसी लघुवित्तबीच गत भदौ ३१ गते आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । नेप्सेले असोज २ गतेबाट यी दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो।
दुवै लघुवित्तबीच मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००:८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडीसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।
मर्जर कार्य सम्पन्न भएपछिको एकीकृत वित्तीय संस्थाको नाम ‘साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुने समेत समझदारीपत्रमा उल्लेख छ।
अर्थ सन्जाल