

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारी मतान्तरले जित्ने निश्चित भएको छ । ८५ हजार ६ सय ५९ मत गणना सकिँदा ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् ।
अब, १३ हजार ३ सय ८६ मत गणना बाँकी हुँदा ओलीले अधिकारीभन्दा२ ३ हजार ६ सय ५९ मतान्तरको अग्रता बनाइसकेकाले उनको जित पक्का भएको हो ।
०७४ मा पनि ओली ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसबेला उनी निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारी भन्दा करिब २८ हजार बढी मत ल्याएर विजयी भएका थिए ।
Artha Sanjal
अर्थ सन्जाल