

सिन्धुलीको क्षेत्र नम्बर-२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । दाहाल निर्वाचित भएसँगै माओवादी केन्द्रले प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ ।
सो क्षेत्रमा २७ हजार ५ सय १७ मतसहित दाहाल निर्वाचित भएका हुन् । दाहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् ।
थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ । सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल १ हजार ५ सय ५३ मतसहित तेस्रो भए । राप्रपाका भिष्मराज श्रेष्ठ भने १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल