

ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् ।
यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मतका साथ पराजित भए भने कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन् । रिसाले ५ हजार ९७५ मत ल्याइन् । हाम्राे नेपाली पार्टी (लाैराे चुनाव चिह्न)का गंगाराम रिजालले ३१६९ मत प्राप्त गरे ।
Artha Sanjal
अर्थ सन्जाल