

नागरिकता विवाद प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्मबर २ का उम्मेदवार रवि लामिछानेले स्पष्टीकरण बुझाएका छन् ।
विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकताकै आधारमा उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।
उजुरीका सन्दर्भमा लामिछानेले आज (मंगलबार) निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका हुन् । शिलवन्दी गरेर लामिछानेले बुझाएका स्पष्टीकरण सिधै केन्द्रमा पठाइने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
लामिछानेविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७ दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको थियो । रविले मंगलबार सातौं दिनमा स्पष्टीकरण बुझाएका हुन् ।
Artha Sanjal
अर्थ सन्जाल