

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्।
११ हजार २८० गणना हुँदा पोखरेलले ३७३८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन्। उनले ३ हजार ५२७ मत पाएका छन्।
जारी मतगणनाको हालसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३६२ मत पाएका छन्।
क्षेत्र नं १ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले छ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले चार हजार पाँच सय २३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेकामा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।
क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । उनले तीन हजार छ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार दुई सय ८२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले तीन हजार दुई सय ७४ मत प्राप्त गरेका छन् ।
अर्थ सन्जाल