

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन् । देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् ।
प्रतिनिधिसभातर्फ १९५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९७७३ मतसहित लिद गरेका छन् । ढकालले ५१९३ मत पाएका छन् । देउवा र ढकालबीच ४५८० मतान्तर छ ।
नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल