

कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् । उनले । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई ५ हजार ३७१ मतान्तरले पराजित गर्दै गंगारामले विजयी हासिल गरेका हुन् ।
जित हात पार्ने क्रममा गंगारामले २३ हजार १२० मत ल्याए भने गठबन्धनको समर्थित माओवादी केन्द्रका कृष्णकुमारले १७ हजार ७४९ मत पाए ।
त्यस्तै एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपा उम्मेदवार वीरेन्द्र बमले ७ हजार ४५ मत प्राप्त गरे । कैलाली क्षेत्र नम्बर १ र २ मा पनि उन्मुक्तिका उम्मेदवार अगाडि रहेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल