अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुवातसँगै चर्चामा योगेश

  • अर्थ सन्जाल
  • ५ मंसिर २०७९, सोमबार १४:१७


यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुवात गरेको नेपाली कांगेसको उम्मेदवार हुन्, योगेश गौचन थकाली । उनले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गरेका हुन् ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षका हुन् । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ ।

निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाए । कांग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मिएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गरेका छन्। होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आएका उनी ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी बनेका छन्।

जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका उनी नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थिए । उनी पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा बनेका थिए । उनी पार्टीको साविक लेते गाउँसभापति पनि बनेका थिए। हाल पार्टीको महासमिति सदस्य रहेका उनी गण्डकी प्रदेश कार्यसमितिमा रहेका छन् ।

प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गरेका थिए । विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्।

मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम साला भेना पर्छन् । रोमी (योगेशका बुबा) र प्रेम मामा–फूपूका छोरा हुन् ।

रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाएका थिए । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् ।

विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिरेका थिए । दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना योगेशले असफल बनाए । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । रोमी २०७३ मा वाणिज्यमन्त्री थिए । विसं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो ।

योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताएका थिए । जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाएका थिए ।

Artha Sanjal
मिती : ५ मंसिर २०७९, सोमबार १४:१७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

ताजा समाचार

  1. बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
  2. एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  3. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  4. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  5. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  6. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  7. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.