

मोरङ क्षेत्र नम्बर-३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ । मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ ।
मोरङ-३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
मोरङ जिल्लामा कुल ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन्, जसमा ३ लाख ७४ हजार ३२६ जना पुरुष छन् भने ३ लाख ६१ हजार १९३ जना महिला छन्। यस जिल्लामा ६ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन्। प्रदेशसभाको निर्वाचन क्षेत्र १२ रहेका छन्। जिल्लामा ६५ प्रतिशत मत खसेको छ।
Artha Sanjal
अर्थ सन्जाल