

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको छ। शुक्रबार तोलामा पाँच रुपैयाँले घटेर चाँदी एक हजार २८० रुपैयाँमा किनबेच भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल