

बैतडीको पाटनमा प्रहरी सवार जीप दुर्घटना भएको छ । मतपेटिका पुर्याएर फर्किँदै गरेको जीप पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर दुर्घटना भएको हो ।
जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Artha Sanjal
अर्थ सन्जाल