सिटिजन लाइफले ल्यायो डिजिटल बीमालेख सेवा, बीमा क्षेत्रमै पहिलो

यो सेवाले कम्पनीको दक्षता बढाउनुका साथै समयको बचत गराउँँदछ र कम्पनी र ग्राहक दुबैको लागी सजिलो वातावरणको सृजना गर्ने इन्स्योरेन्सले जनाएको छ । सिटिजन लाइफले अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला गरिदिए पछि कम्पनीले उक्त सेवा ल्याएको हो । यससँगै सिटिजन लाइफ बीमा क्षेत्रमै अभौतिक बीमालेख सञ्चालन गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत २ वर्षदेखि सञ्चालनमा रहेको छ । यसका साथै अनलाईनबाट सजिलै दावी प्रकृया पनि अगाडी बढाउन सकिन्छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ ।

ग्राहक तथा अभिकर्तालाई कार्यालयसम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउँदै जाने उद्देश्यले यो योजना ल्याइएको हो । ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराए ।

यससँगै ग्राहकहरुले घरमै बसेर बीमाशुल्क तिर्न सक्ने छन् । यो व्यवस्थाको लागी कम्पनीले इसेवा, फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराएको छ । साथै, ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *