

इलाममा एक सय १५ वर्षीय वृद्धले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गरेका हुन् ।
फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उनले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनको नागरिकतामा जन्ममिति विसं १९६४ लेखिएको छ । तत्कालीन एकतप्पा गाउँ पञ्चायत–५ मा उनको जन्म भएको हो ।
Artha Sanjal
अर्थ सन्जाल