अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

तारजाली र सिसी क्यामेरासहितको मतगणनास्थल तयार

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


बागलुङमा मतगणनाका लागि दुई स्थनामा सुरक्षित तरिकाले मतगणनास्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ सहरी आयोजनाको कार्यालयमा मतगणनास्थल तयार पारेको छ ।

जिल्लामा दुई स्थानमा मतगणनाका लागि सिसी क्यामेरा जडानसँगै तारजालीको समेत व्यवस्थापन गरिएको छ । मतगणना स्थलमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सिसी टिभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी बताए ।

उनका अनुसार मतपेटिका राख्ने कोठा र मतगणना गर्ने कोठामा सिसी टिभी क्यामेरा जडान गरिएको छ भने गणनास्थलमा तारजालीको व्यवस्था मिलाइएको छ । यस्तै मतगणनास्थलमा दलका उम्मेदवार र प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर मिलाइएको छ । मतगणनास्थलको सुरक्षासँगै हुन सक्ने सम्भावित घटनाबाट बच्न तारजाली र सिसी टिभी क्यामेराबाट निगरानी गर्नुपरेको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका लागि जिल्ला समन्वय समितिको सभाहलमा तीन स्थानमा र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ सहरी आयोजनाको कार्यालयमा दुई स्थानमा मतगणना गर्ने जनाएका छन् । मुख्य निर्वाचन अधिकृत भट्टका अनुसार मत परिणाम छिटो सार्वजनिक गर्नका लागि क्षेत्र नं १ को तीन स्थान र क्षेत्र नं २ को दुई स्थनामा मत गणना गर्ने व्यवस्था गरिएको हो ।

भट्टले क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र समानुपातिकतर्फको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने बताए । उनले सभाहलभित्र तीन स्थानमा मतगणना गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । मतगणना स्थानमा प्रत्येक टोलीमा एकजना निर्वाचन अधिकृत, दुईजना गणक र एकजना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । मतगणनास्थलको सुरक्षाका लागि १० जनाको नेपाल प्रहरीको टोली र त्यसबाहिर सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा गर्नेछ ।

यस्तै निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले बुर्तिबाङ नयाँ सहरी आयोजनाको सभाहल क्षेत्र नं २ तर्फको मतगणना गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार मतगणनास्थल रहेको सभाहलमा दुई स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । दुवै स्थानमा मतगणनाका लागि तयारी सम्पन्न भएको बताइएको छ । जिल्लामा दुई निर्वाचन क्षेत्रमा एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेका छन् । दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यका लागि ३१ जना चुनावी मैदानमा रहेका छन् । रासस

Artha Sanjal
मिती : ४ मंसिर २०७९, आईतवार २०:३६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

ताजा समाचार

  1. ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी
  2. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  3. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  4. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  5. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  6. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  7. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.