

गोरखामा छिटपुटका घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । तर गत निर्वाचनको तुलनामा यसपटक मत कम खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लाभर कुल ६५.३ प्रतिशत मत खसेको थियो । तर यसपटकको निर्वाचनमा करिव ४५ देखि ५० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए ।
अहिले मतपेटिकाहरु संकलन गरेर मतगणना स्थलमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
Artha Sanjal
अर्थ सन्जाल