

बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो ।
एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप भएको र प्रहरीले हवाइ फायर गरेको बताइएको छ । त्यहाँका एक प्रत्यक्षदर्शीका अनुसार अएडीको मृत्यु भएको र मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ ।
यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै छ । उक्त स्थानमा अहिले मतदान पनि रोकिएको छ।
Artha Sanjal
अर्थ सन्जाल