

काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको र काठमाडौंमा हो ।
प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंका दस निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । अहिले मतदानको प्रक्रिया टुंग्याएर मतपेटिका संकलनको काम भइरहेको उनले बताए ।
आयोगले काठमाडौंका दस वटा प्रतिनिधिसभा र २० वटा प्रदेसशभाको छुट्टाछुट्टै मत गणना गर्ने तयारी गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल