

बझाङमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर प्रहरी हवल्दार घाइते भएका छन् ।
बझाङको छबीस पाथिभेरा गाउँपालिका–१ गुरेलथुमको मष्टा प्रा.वि. मतदान केन्द्रमा हवाई फायर भएको हो ।
झडप रोक्न हवाई फायर गर्दा प्रहरीलाई गोली लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हवाई फायर गरेको गोली घरको भित्तामा लागेर फर्कँदा प्रहरी हवल्दारको खुट्टामा गोली लागेको हो ।
Artha Sanjal
अर्थ सन्जाल