

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मतदान बिथोल्ने प्रयास भएपछि प्रहरीले सात जिल्लामा गोली चलाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, डोटी र हुम्लामा गोली चलेको जानकारी दिए ।
“सात स्थानमा गोली चेलेको छ भने देशभरका ६३ ठाउँको मतदान स्थगित भएको छ,” डिआइजी राईले भने, “तर, अहिले ४७ स्थानको मतदान सुचारु भइसकेको छ ।” निर्वाचन बिथोल्ने, मतपेटिका खोसाखोस गर्नेलगायतका गतिविधिहरु भएपछि प्रहरीले गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल