कुमारी बैंकको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

कुमारी बैंक लिमिटेडले ७ हजार १०३ कित्ता संस्थापक शेयर पुस १९ गते सोमवारदेखि लिलामीमा ल्याएको छ । बैंकले रिता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय, टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुने नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *