

दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा विवाद भएको छ । विवाद हवाई फायर भएको छ । मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको विवादका क्रममा प्रहरीले सम्झाउँदा एक जना महिलाको टाउकोमा लाठ्ठीले लागेको थियो ।
त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि प्रहरीले ३ राउण्ड हवाई फायर गर्नु परेको जनाएको छ । हवाई फायर पछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको बताइएको छ ।
Artha Sanjal
अर्थ सन्जाल