ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा तलब भत्ता बापत ८० लाख ९६ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले तलब बापत ५३ लाख १५ हजार, भत्ता १७ लाख ९९ हजार, दसैं भत्ता साढे चार लाख, सञ्चय कोष सुविधा ५ लाख ३१ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट छन् । बैंकको उच्च व्यवस्थापनले एक वर्षमा एक करोड ५९ लाख ५४ हजार रुपैयाँ बुझेको छ। उनीहरुलाई तलब बापत ८ लाख ११ हजार रुपैयाँ भुक्तानी गरिएको छ। बाँकी रकम भत्ता, दसैं भत्तालगायत छ ।
बैंकले पुस २३ गते वार्षिक साधारणसभा गर्दैछ। सभाले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश र ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दैछ ।
बैंकले कुल व्यवस्थापन खर्च एक अर्ब एक करोड रुपैयाँ गरेको छ । यसमध्ये कर्मचारी खर्च (कर्मचारी बोनससहित) ६१ करोड ९८ लाख रुपैयाँ र कार्यालय सञ्चालन खर्च ३९ करोड २० लाख रुपैयाँ गरेको छ ।