

निर्वाचन आयोगले दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए ।
यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । चिसोका कारणले विहान कम मत खसेको र काठमाडौंमा विहानको समयमा लाइन नदेखिएको १०/११ बजेपछि मात्र भिड बढेकाे प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल