लुम्बिनी विकास बैंकको सिइओलाई ८३ लाख ५६ हजार रुपैयाँ प्रदान

लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई ८३ लाख ५६ हजार रुपैयाँ तलबभत्ता लगायतका सुविधा बैंकले भुक्तानी गरेको छ ।

अहिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहोरा छन् । बैंकले प्रमुख कार्यकारीलाई तलब बापत एक बर्षमा ५४ लाख, नाफाबाट वितरण हुने कर्मचारी बोनस बापत १७ लाख १४ हजार, सञ्चय कोष बापत ४ लाख ३२ हजार, दसैं भत्ता ४ लाख ५० हजार र अन्य भत्ता ३ लाख ६० हजार रुपैयाँ दिएको छ ।

बैंकले पुस ९ गते बार्षिक साधारणसभा गरिसकेको छ। सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार, बैंकले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकाललाई ६९ लाख र नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीलाई ५७ लाख ७८ हजार रुपैयाँ तलब सुविधा दिएको छ ।

सभाले १३ प्रतिशत बोनस सेयर र करि प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरिसकेको छ ।

बैंकको कुल ब्यवस्थापन खर्च ६२ करोड २२ लाख रुपैयाँ छ। यसमध्ये कर्मचारी खर्च ३५ करोड ८७ लाख र सञ्चालन खर्च २६ करोड ३४ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *