

मत पेटिका साटिएपछि पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ ।
६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेपछि त्यसअघि खसेका मत दद्ध गरी पुनः मतदान सुरु गरिएको हो ।
६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो । दोहोर्याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा मतदान सम्पन्न हुन केही ढिला हुन सक्ने बताइएको छ ।
Artha Sanjal
अर्थ सन्जाल