

गुल्मीको मालिका गाउँपालिका ५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेशसभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो ।
त्यसपछि मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुनः मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई जिम्मेवारीबाट परिर्वतन पनि गरिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल