

एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने रु. १०० अंकित दरका ७ लाख ६ हजार ९०९ कित्ता साधारण सेयरको प्राथमिक निष्काशन गर्ने भएको हो ।
कम्पनीले आइपीओ निष्काशन आवश्यक पूर्व तयारी सुरु गरेको कम्पनीले हालै आफ्नो सार्वजनिक निश्कासनको प्रत्याभूतिकर्ताको रुपमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
यस सम्बन्धी दुई कम्पनीबीच हालै एक सम्झौता भएको छ । सम्झौतामा एकर्ड फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट कम्पनिका प्रबन्धक निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।
एकर्ड फर्मास्युटिकल्स लिमिटेड औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो ।
Artha Sanjal
अर्थ सन्जाल