

एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा मंसिर २६ गते लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल २०.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन्।
त्यसैगरी, सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत तोक्नेछ ।
सभाले अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ । बैंकले हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।
साधारणसभा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
अर्थ सन्जाल