प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच व्यवसायीक सम्झौता

नेपाली बजारमा रेमिट्यान्सको क्षेत्रमा ख्याति कमाएका प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच व्यवसायीक सम्झौता भएको छ । प्रभुले रेमिट सेवालाई अझै विस्तार गर्न रआफ्ना ग्राहकहरुलाई सहज तथा सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार कुनैपनि सेवाग्राहीले विदेशमा वेष्टर्न युनियनबाट पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको आफ्नो वा आफन्तको खातामा तुरुन्तै रकम जम्मा गराउन सक्नेछन् ।

दुई रेमिट कम्पनीको सम्झौताले ग्राहकहरुलाई अझ सहज तरिकाले रकम प्राप्त हुने जानकारी प्रभु मनि ट्रान्सफरका जनरल म्यानेजर रामेश्वर सापकोटाले जानकारी दिए ।

सम्झौता पत्रमा वेष्टर्न युनियन नेटवर्क (आयरल्याण्ड) लिमिटेडका तर्फबाट प्रतिनिधि एलेन तथा प्रभु मनि ट्रान्सफरका तर्फबाट रामेश्वर सापकोटाले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *