एमसीसीबारे नौं नेताहरूको टिपणी : पास गर्ने, संशोधन गर्ने र फिर्ता गर्ने कसको राय के ?

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा पछिल्लो समय नेताहरूमा वादविवाद नै चल्न थालेको छ । नेपालका राजनीतिक दलका नेताहरू यतिबेला एमसीसी परियोजना विषयलाई लिएर तीन ध्रुवमा विभाजन भएका छन् । ती धुव्रहरू यसप्रकार रहेका छन् ।

१. पास गर्ने

२. संशोधन गरेर पास गर्ने

३. फिर्ता गर्ने

केही पार्टीका नेता कार्यकर्ताहरूले त सडकमा आन्दोलन नै गरिसकेका छन् । राजनीतिक विश्लेषक र कुटनितिज्ञ र परराष्ट्रविदहरूले आ—आफ्नो राय विभिन्न सञ्चार माध्यमहरूबाट राखिरहेका छन् । यो विषय झनझन पेचिलो बन्दै गएको छ । केही सामाजिक अभियन्ताहरूले संसदले पारित गरेका सडकमा सारा नेपाली उत्रिने चेतावनी पनि दिएका छन् । शीर्ष दलका मुख्य नेताहरू भने पास गर्ने तयारीमा देखिएका छन् । केही राजनीतिक दल र नेताहरू भने यो विषयमा अझै पनि मौन बसका छन् ।

छिटो पास गरौं : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको दावी गरेका छन् । उनले नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा बोल्दै “म पनि राष्ट्रवादी हुँ । प्रधानमन्त्री भएर जस्तो मान्छेले देशको कुभलो सोचौंला त ? पहिले पढ्नुहोस्, अनि भन्नुहोस् । कहाँ छ, राष्ट्रघाती ।” भनेर प्रश्न गरेका छन् । आफू प्रजातन्त्र र मुलुकको लागि जीवनभर संघर्ष गरेकोले राष्ट्रको कुभलो हुने काम नगर्ने बताए । देउवाले सित्तैमा आएको पैसा भएकोले नेपालको हितमा भएको दाबी गर्दै छिटै संसदबाट पारित गर्न पर्ने बताएका छन् । अब छिटै पारित हुने उनको भनाई छ ।

नेपालको हितमा छैन : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी नेपालको हितमा नभएको ठोकुवा गर्दै सम्झौता गर्नेहरूलाई मुर्खको संज्ञा दिएका छन् । उहाँले नेपाली जनतालाई मुर्ख सम्झेर एमसीसी सम्झौता गरेको तर जनता सचेत भएको बताए । एमसीसी अमेरिकाको हिन्द प्रसान्त रणनितिको अंग हो भन्ने कुरा अमेरिकाका अधिकारीहरूले पटकपटक भनेको प्रष्ट पारेका छन् । अमेरिकाको स्वार्थ पुरा गर्नका लागि एमसीसी छिटो पारित गर्न दवाव दिएको उनको टिपणी छ । पारित गर्न चाहाने प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेताहरूसँग पनि एमसीसीको विषयमा बहस गर्न तयार आफू तयार रहेको चुनौती दिएका छन् ।

संशोधन गरेर पास गर्न पर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी राष्ट्रिय हित हुने गरि अमेरिकासँग फेरि सवांद गरेर, सम्भव भएसम्म संशोधन गरेर पास गर्ने बताएका छन् । उनले यो विषयमा सत्ता गठबन्धन र प्रतिपक्ष दलसँग पनि छलफल गरेर अगाडि जाने बताएका छन् । त्यस्तै एमसीसी इन्डो प्यासेफिक रणनीति नभएको अमेरिकाले प्रष्ट पारेको भन्दै उनले सामाजिक सञ्जालमा यसको गलत प्रचार भैरहेकोले भ्रममा नपर्न आग्रह गरेका छन् ।

देशको हितमा छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी नेपालको हितमा भएको दाबी गरेका छन् । उनले एमसीसीको विरोध गर्नेहरूलाई सम्झौता राम्रोसँग पढ्न समेत सुझाएका छन् । प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका ओलीले पछिल्लो समय यस विषयमा छिटो निर्णय लिन गठबन्धन सरकारलाई दबाब दिइरहेका छन् । देशमा अनुदान आएर विकास हुन लागेकोले विभिन्न तत्वहरूले भाँजो हालिरहेको उनको टिप्पणी छ । सरकारले साझा न्यूनतम कार्यक्रममा एमसीसी समावेश नगर्दा पनि ओलीले गठबन्धन सरकारको साझा न्यसनतम कार्यक्रमको आलोचना गरेका थिए ।

देश नै विभाजन गरायो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले एमसीसी अत्यन्तै विवादास्पद मुद्धा भएको र एमसीसी सम्झौता गरे देखि नै सरकारले जनतालाई ठिक ढंगले बुझाउन नसकेको बताएका छन् । उनले एमसीसीले देशलाई नै विभाजन गरेकोले तुरुन्त फिर्ता गर्न पर्ने धाराणा राखेका छन् । लिनको लागि अमेरिकाले कर गरिरहेकोले संका उत्पन्न भएको भन्दै एमसीसी मार्फत् आउने रकम ठूलो नभएकोले देशका उच्चपदस्त व्यक्तिहरूको सम्पत्ती छानमिन गरेमा त्यो भन्दा धेरै रकम आउने बताएका छन् ।

नेपालको स्वाधीनताविरुद्ध छ : विप्लव

नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द (विप्लव)ले एमसीसी नेपालको स्वाधिनताको विरुद्ध भएको बताएका छन् । एमसीसी पास गर्न दलालहरूले जनतालाई भ्रममा पारेको भन्दै उनले यसलाई एक मित्रले गर्ने सहयोगको रूपमा मात्रै हेर्न नहुने र अमेरिकाको कानुन नेपालमा लागु हुने बताएका छन् । दिमाग र पाखुरालाई मजभुत बनाएर देशलाई विदेशीको पौजामा जानबाट रोक्ने बताएका छन् ।

राष्ट्रघाती परियोजना हो : सीपी गजुरेल

नेकपा माओवादीका अध्यक्ष सीपी गजुरेलले एमसीसी राष्ट्रघाती परियोजना भएको दावी गरेका छन् । एमसीसीले नेपालको नेताहरू विदेशी दलाल र देशभक्त को—को हुन भनेर चिन्न सजिलो भएको भन्दै उनले यो परियोजना नेपालले नभएर अमेरिकाले चाहेर आएको प्रष्ट पारेका छन् । यो सरकारले छिटै फिर्ता गर्न पर्ने उनको धारणा छ ।

छिटै संसदबाट अनुमोदन गर्छौं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले एमसीसी छिटै संसदबाट अनुमोद गर्ने बताएका छन् । उनले यो परियोजना नेपालको हितमा भएको दावी गर्दै आएका छन् । उनले आफू सरकारमा भएको बेलामा नै सम्झोता गरेको भन्दै आफूले यस विषयमा धेरै अध्यान गरेकोले पास गर्दा नेपालको हित हुने दाबी गरेका छन् ।

मौन : माधव नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भने एमसीसीको विषयमा खुलेका छैनन् । उनले गठबन्धनमा छलफल भैरहेको भन्दै पन्छिदै आएका छन् । सो पार्टीका अन्य नेताहरूले पनि यस विषयमा खुलेर विचार राखेका छैनन् । समग्रमा भन्न पर्दा नेकपा यस एमसीसीको विषयमा अन्यौलमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *