निर्माण व्यवसायी संघ लमजुङको अध्यक्षमा पराजुली

निर्माण व्यवसायी संघ लमजुङको अध्यक्षमा सतिस पराजुली चयन भएका छन् । बेँसीशहर–११, उदिपुरमा भएकाे साताैँ अधिवेशन तथा १४औँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेकाे हाे ।

संघको वरिष्ठ उपाध्यक्षमा पुनः शत्रुधन श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा छविन्द्र जंग गुरुङ चयन भएका छन् ।

सचिवमा पंकज अधिकारी,सहसचिवमा सञ्जीव पौडेल र कोषाध्यक्षमा कृष्णबहादुर देउजा चयन भएका छन् ।

विद्यादेवी श्रेष्ठ, दिनेश विष्ट, कमल गुरुङ, महेन्द्र खनाल, राजु धिताल, राजेश अधिकारी, प्रतिक अधिकारी र नविन धिताल सदस्यमा चयन भएका छन् । स‌ंघमा चारवर्षे कार्यकाल रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *