नाफामै रहेपनि आयल निगमले तत्काल इन्धनको मूल्य नघटाउने

नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य तत्काल घटाउन नसकिने निगमले बताएको छ ।

भारतबाट पछिल्लो समय इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमलाई आगामी पाक्षिक अवधि (१५ दिन) मा १८ करोड नाफामा रहने भएको छ ।

हालै निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मुल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ७ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा नोक्सान हुने भएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १८१ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७८ रुपैयाँ तोकिएको छ ।

No photo description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *