दुबै कम्पनीले बोनस र हकप्रद सेयरको लागि आइतबार बुक क्लोज गरेका छन् । बुटवल पावरको बोनस सेयरपछिको भाउ समायोजन भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको हकप्रद सेयरपछिको भाउ समायोजन भएको हो ।
बुटवल पावर कम्पनीको समायोजनपछिको भाउ नेप्सेले ४३८ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।
समृद्धि फाइनान्सको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले ३६१ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । यसले दुई बराबर एक अनुपातमा २७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।