मेक्सिकोमा बन्दुकधारीको आक्रमणमा परी मेयरसहित १८ जनाको मृत्यु

मेक्सिकोमा बन्दुकधारीको आक्रमणमा परी एकजना मेयरसहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर हुन् । स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार दिउँसो २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए ।

आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए । त्यसअघि उनीहरुले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरुमा ठूला गाडी तेर्स्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *