कामना सेवा विकास बैंकद्वारा मैतीदेवी मन्दिरलाई सरसफाइ सामग्री र डिजिटल दानपेटिका हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय कार्यालयमार्फत काठमाण्डौ–३० मैतीदेवीस्थित मैतीदेवी मन्दिरलाई शुक्रबार सरसफाइसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ।

ती सामग्री मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले काठमाण्डौ–३० का वडाध्यक्ष तथा मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य दलबहादुर कार्कीलाई उक्त सरसफाइ सामग्री हस्तान्तरण गरेका थिए।

बैंकले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले डिजिटल माध्यममार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन् भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल डोनेसन बक्ससमेत राखेको छ।

कार्यक्रममा मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य रमेश खड्गी तथा अन्य सदस्य, स्थानीयका साथै बैंकका कर्मचारीको उपस्थिति थियो।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *